काठमाडौं,
भाद्र १९ ।
करुणा वस्नेतले ‘रातो बुट्टे साडी…’ तीज गीत सार्वजनिक गरिएको छ । करुणाकै शब्द तथा रामचन्द्र अञ्जानको सङ्गीत र किशोर लामाको एरेन्ज रहेकको गीतको भिडियो सार्वजनिक भएको हो ।
कालानिधि रेकर्डिङ म्युजिक स्टूडियोले गीतको अडियो तयार पारेका हुन् भने गम्भिर वस्नेतको लगानीमा बनेको उक्त म्युजिक भिडियोमा जुना आले र रुपादेविले साथिहरुको साथमा अभिनय गरेकी छन् ।
एलेन मगरको छायाँकनमा रहेको भिडियोलाई एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् । कोरिग्राफिमा आर. आर. सिम्खडाले सघाएका छन् ।






