काठमाडौं,
भाद्र १९ ।
श्रीराज इन्टरटेनमेन्टबाट तीजको गीत छड्के तिलहरी सार्वजनिक भएको छ । जमुना आचार्य र गोकर्ण रानामगरको प्रस्तुतिमा छड्के तिलहरी सार्वजनिक भएको हो । जमुना आचार्य र गोकर्ण रानामगरको स्वर रहेको यस गीतलाई जमुना आचार्यले स्वर एवम् सङ्गीत भरेकी छन् ।
राजीव बलामीको निर्देशनमा तयार भएको भिडियोमा रिना थापा मगर र राजीव बलामीको अभिनय रहेको छ । कृष्ण श्रेष्ठको छायाँकन रहेको यस भिडियोमा दिनसन शाहको सम्पादन रहेको छ ।






