गीत सङ्गीतमा सानु

काठमाडौं,
भाद्र १८ ।

आधा दशकदेखि नेपाली गीत, सङ्गीत क्षेत्रमा लागिरहेकी गायिका सानु खतिवडा । उनी सानै उमेरदेखि सङ्गीत क्षेत्रमा सकृय रहदै स्कुले जीवनमा पनि थुप्रै साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो गलाको कला देखाई सकेकी छन् ।

वरिष्ठ सङ्गीत साधक प्रकाश गुरुङसँग सङ्गीतको प्रशिक्षण लिएकी गायिका सानुले ‘पित्तलमा सुनको जलप छ ….’ बोलको गीत गायर यस क्षेत्रमा प्रवेश गरेकी हुन् ।

लोक, पप, आधुनिकमात्र होईन सबै प्रकारको गीत गाउन आफू तयार रहेको बताउने गायिका सानु चलचित्रको पाश्र्व गायनमा जम्ने सम्भावना बोकेकी आशा लाग्दी गायिका हुन् ।

कलामार्फत देश र आफ्नो नाम नेपाली गीत, सङ्गीतमा राख्न चाहन्छिन् उनि । इलाम चौक बजारकी स्थानीय सानु खतिवडाले केही म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार