काठमाडौं,
भाद्र १५ ।
हरितालिकातीजको अवसरमा प्रथम थुम्सिकोट मेला २०७५ सन्चालन हुने भएको छ । भाद्र २६, २७ र २८ गते हुने उक्त मेलामा खुला तीज गीत प्रतियोगिता, खुला फुटबल प्रतियोगिता, रस्साकसी छेलो घैटो फुटाउने र अन्य थुप्रै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने तथा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
खुला महिला तर्फ प्रथम पुरस्कार नगद रु २० हजार प्रमाणपत्र साथै द्धितिय १५ हजार र प्रमाणपत्र र तृतीय पुरस्कार १० हजार र प्रमाणपत्र रहेको छ भने खुला फुटबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार ट्रफि मेडल प्रमाणपत्र र नगद रु २५ हजार द्धितिय मेडल प्रमाणपत्र र नगद रु १५ हजार पुरस्कार राखिएको छ ।
यसै गरि अन्य मनोरञ्जनात्मक कार्यक्रमको लागि पनि आकर्षक पुरस्कार राखिएको क्लबका सचिब तथा कार्यक्रम प्रचारप्रसार समितिका संयोजक शिव गौतमले बताए । आन्तरिक पर्यटन प्रबर्द्धन र लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।






