काठमाडौं,
भाद्र १५ ।
शहीमा श्रेष्ठ र सन्तोष बश्यालाको स्वरमा ‘ढाट्यो मायाँले…’ गीत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र सङ्गीतमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
बिभोर पोखरेलले निर्देशन गरेको भिडियोमा अनुराग ठकुरी र बबिता श्रेष्ठ, अभिमा लगायतलाई फिचरिङ गरिएको छ । करिब पाँच दर्जन कोरस सहित फिचर भएको गीत नेक्सन डान्स एकेडेमिको रहेको छ । अनिल के मान्नधरको छायाँकन रहेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन ।






