काठमाडौं,
भाद्र १० ।
सुरेश शाही र पुष्पा बोहराको स्वरमा रहेको गीत ‘झ्याम पैतली झ्याम्म…’ सार्वजनिक भएको छ । शुरेशकै शब्द र सङ्गीत रहेको देउडा गीत ‘झ्याम पैतली झ्याम्म…’को भिडियो सार्वजनिक भएको हो ।
बिनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई विरेन्द्र भाट ‘विपिन’ले निर्देशन, छायाँकन र सम्पादन गरेका हुन् ।
वल्र्ड कभर मिडिया प्रा.लि.उत्पादक तथा वितरक रहेको गीतको भिडियोमा सुशिल भुजेलको श्रृङ्गार रहेको छ ।






