गायक श्रीकृष्णले उद्घाटन गरे भिजन एकेडेमीको

इटहरी,
भाद्र १० ।

बिगत लामो समय देखि पूर्वको इटहरीमा रहेर विभिन्न मनोरन्जनात्मक गतिबिधि अर्थात चलचित्र निर्माण, म्युजिक भिडियो निर्माण, टेलिफिल्म निर्माण आदि सञ्चालन गर्दै आएको कोशी भिजन फिल्म प्रा.लि.ले भिजन एकेडेमी सञ्चालनमा ल्याएको छ । यसको कमेडी गायक श्रीकृष्ण लुईटेल ‘बोके दार्ही’को प्रमुख उपस्थितिमा एकेडेमीको उद्घाटन गरिएको छ ।

मनोरञ्जन विधाको विभिन्न कक्षाहरु सञ्चालन गर्ने उद्देश्यले भिजन एकेडेमी सञ्चालन गर्न लागिएको हो । उक्त एकेडेमीमा जुम्बा नृत्य, अभिनय, क्यामेरा, भिडियो इडिटिङ्ग, रेडियो तथा भिडियो कार्यक्रम प्रस्तोता लगायतका कक्षा सञ्चालन गरिने जनाइएको छ ।

सुबिधा सम्पन्न हलमा अनुभबी प्रशिक्षकहरुबाट प्रशिक्षण गरिने कोशी भिजन फिल्म्स प्रा.लि.का सञ्चालक लाखमान योञ्जनले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार