बालबालिकाहरुका लागि दाहालको निर्देशनमा आयो ए इज फर एप्पल (भिडियोसहित)

काठमाडौं,
भाद्र ९ ।

सम्राट क्रिएशनद्वारा बाल गायक आयुष के.सी.को स्वरमा रहेको निकैनै पृथक शैलिमा बालबालिकाहरु प्रति लक्षित गर्दै ए इज फर एप्पल बोल गीतको शैक्षिक भिडियो सावजनिक भएको छ । यस गीतका बालगायकले निकैनै मिहेनत गरेर गाएका छन् ।

सुमन दाहालको निर्देशनमा निर्माण भएको यस बालगीतमा सन्तोष श्रेष्ठको शब्द तथा सङ्गीत रहेको छ । सुजिता सिटौलाले छायांकन गरेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन् ।

सावर्जनिक बाल गीतको भिडीयोमा मुख्य भूमिकामा भर्खरै मात्र राट्रभक्तिले ओतप्रोत गीतमा अभिनय गरेका बालकलाकार सम्राट दाहालको अभिनय रहेको छ ।

यस शैक्षिक गीतका गायक के.सी.लाई निकै मिहेनतका साथ खोजेपछि मात्र भेटीएका निर्देशक दाहाल बताउँछन् । ‘यस गीतले बालबालीकाहरुलाई पढ्न र सिक्न धेरै नै मद्दत गर्नेछ । अझ भनौं बालबालिकाहरुलाई यस गीतबाट निकै नै पढाई र सिकाइकालागि सहयोग पुग्ने छ । यस गीतमा सम्राट दाहालले अघिल्ला गीतहरुमा भन्दा यस बालगीतमा निकै मिहेनत गरेर धेरै राम्रो अभिनय गरेका छन्’, निर्देशक सुमन बताउँछन् ।

यसमा तपाइको मत

अन्य समाचार