काठमाडौं,
भाद्र ६ ।
आगामी १२ असोजलाई प्रदर्शन मिति तय गरेको गरेको चलचित्र ‘कथा काठमाण्डू’को शीर्ष गीत ‘धुलोमाण्डु’ सार्वजनिक गरिएको छ । गीतमा कलाकार हरिबंश आचार्यले स्वर दिएका छन् । आचार्यको अलवा गीतमा बुलेट फ्लो स्वर सुन्न सकिन्छ ।
सुरज विक्रम थापाको शब्द, सङगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई भिडियोमा समेट्ने प्रयास गरिएको छ । गीत चलचित्रको कथासँग नजिक रहेर तयार गरिएको निर्देशक संगीता श्रेष्ठले बताइन् । भनिन् ‘गीत त्यसै हेर्दा भन्दा पनि चलचित्रको साथमा हेर्दा अझ बुझिन्छ ।’
अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरिको इन्टिमेट सिनका कारण चर्को आलोचना खेपेको यो चलचित्र निर्देशक संगतिा आफैले लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो चलचित्र तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो ।
यो चलचित्रमा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका रहेको छ । अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले सङ्गीत दिएका छन् ।






