तीज फेशन शो हुँदै

काठमाडौं,
भाद्र ६ ।

तीज फेशन शो तथा म्युजिकल इभेन्ट हुँने भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रा.लि.को आयोजनामा तीज फेशन शो तथा म्युजिकल इभेन्ट हुने भएको हो ।

उक्त शो को लागि यही भाद्र ९ गते शनिबार शेर्पा मल हेडलाइन स्पोर्ट्स क्याफे दरबारमार्गमा अडिशन हुने भएको छ । हिन्दू नेपाली महिलाहरुको महान् पर्ब हरितालिका तीजको अबसरमा महिलाहरुलाई तीजको बिशेष पहिरनमा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको यस फेशन शोमा सेलेब्रेटी मोडल/नायिकाहरुको समेत उपस्थित रहने आयोजकले जनाएको छ ।

मोडल तथा कोरियोग्राफर नितिन कर्णले कोरियोग्राफी गर्न लागेको उक्त फेशन शोमा १५ बर्ष देखी ३५ बर्ष सम्मका मोडलहरुले अडिसनमा सहभागी जनाउन सक्ने छन् भने अडिसन बाट छानीएका मोडलहरुलाई फ्री ट्रेनीङ तथा मिडिया एक्स्पोज गरिने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार