काठमाडौं,
भाद्र ५ ।
पुर्णकला विसी र कमल सुसान्त केसीको स्वरमा ‘विरानो ठाँउ…’ सार्वजनिक भएको छ । रामेछाप म्युजिक प्रा.लि.को प्रस्तुतिमा राम परियारको मार्मिक जीवन भोगाईमा आधारित गीत ‘विरानो ठाँउ…’ गीतको भिडियो सार्वजनिक भएको हो ।
राम परियारको शब्द सिर्जना, एच बी रसाइलीको लय सिर्जना तथा कमल सौरागको एरेन्ज गीतमा रहेको छ । टंक केसीको छाँयाकन, सुजन शाहीको सम्पादन तथा खमेश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । प्रेमी प्रेमिकाको भुमिकामा कमल बुढा र सर्मिला सिलवालको अभिनय रहेको छ ।






