काठमाडौं,
भाद्र ५ ।
अमेरिकामा नेम्पा पपुलर फिल्म अवार्ड हुने भएको छ । नेपाल चलचित्र संघले एसोसियसन अफ नेप्लिज इन मिड वस्ट अमेरिका, नेप्लिज एसोसियसन इन साउथ इष्ट अमेरिका र नेप्लिज एसिोसियसन इन द अमेरिकासँग मिलेरसँग अमेरिकामा नेम्पा पपुलर फिल्म अवार्ड आयोजना गर्ने भएको हो ।
३१ अगष्ट देखि २ सेब्टेम्बरसम्म आयोजना हुने अवार्डमा अमेरिका निवासी चार हजार नेपाली र बिभिन्न देशमा रहेका एनआरएन समेतको सहभागीता रहने आयोजक चलचित्र संघको दाबी रहेको छ ।
नेपाली चलचित्र क्षेत्रको बिकाश, बिस्तार र प्रवद्र्धनको उद्देश्यसहित आयोजना हुन लागेको अवार्डमा नेम्पा पपुलर निर्देशक, अभिनेता, अभिनेत्री, , सह–अभिनेता, सह–अभिनेत्री, कमेडिया, सङ्गीतकार, गायक, गायिका, डेब्यु निर्देशक, दशक अभिनेता मेल, दशक अभिनेत्री फिमेल, एचिभमेनट अवार्ड र लाइफटाइम एचिभमेनट अवार्डलगायतका बिधा समेटिएका छन् ।
नेपाली चलचित्रको प्रदर्शनका साथै नेपालबाट सहभागी कलाकार र अमेरिकामा रहेका कलाकारहरुबीच अन्तक्रिया समेत आयोजना हुने अवार्डमा नेपाली गीत सङ्गति र हाँस्य विधाका प्रस्तुति समेत रहने कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले बताए ।
अवार्डका लागि नीर शाह, भुवन केसी, सुनिल थापा, रेखा थापा, झरना थापा, दीपकराज गिरी, दीपाश्री निरौला, अनमोल केसी, केकी अधिकारी, अर्जुन श्रेष्ठ, अञ्जु पन्त, सुगम पोखरेल, अर्जुन पोखरेल, विल्सन विक्रम रमई, नीता ढुङ्गाना, जीतु नेपाल, केदार घिमिरे (माग्ने बुढा), सरिता लामिछाने, र सितादेवी तिमिल्सेना जाने भएका छन् । अवार्डमा सहभागी जनाउने कलाकारको केहीको भिषा लागेपनि केहीको अझे बाँकी रहेको कार्यक्रम संयोजक नरेन्द्र महर्जनले जानकारी दिए ।






