काठमाडौं,
भाद्र ४ ।
चलचित्र ‘रोज’ले देश दौडाहा घोषणा गरेको छ । आइतबार निर्माण कम्पनीले मुलुकका आठ सहरमा टुर टाइमलाइन सार्वजनिक गरेको हो ।
चलचित्र प्रदर्शन हुन अझै तीन साता बाँकी छ । शुक्रबार ‘रोजी’बाट ‘रोज’ नामाकरण भएपछि क्राइम थ्रीलर ड्रामाले आगामी विहिबार ट्रेलर लन्च गर्दैछ । प्रदीप खड्का स्टारर टुरमा संवाददाता सम्मेलन र साङ्गीतिक कन्सर्ट हुनेछन् ।
मोफसलको ठूलो चलचित्र बजार तालनगरी पोखरादेखि दौडाहा थालनी हुनेछ । १४ भदौमा मिडटाउन ग्यालरी अगाडि टीम ‘रोज’ले प्रस्तुति दिनेछ । भदौ १५ मा औद्योगिक नगरी बुटवलमा कन्सर्ट हुनेछ ।
१६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट र प्रेसमिट हुने चलचित्र निर्माण पक्षले जनाएको छ । मोफसलमा कन्सर्ट टुर थालनी गर्ने अभिनेता खड्का र नेपाल आइडल फेम्ड प्रताप दास क्रेजलाई टुरले आत्मसात गर्ने अपेक्षा गरिएको छ ।
टुरसँगै रोजद्वारा आयोजित म्युजिकल्ली कन्टेस्टको पनि प्रवद्र्धन हुनेछ । नीरक पौडेल निर्देशित यो चलचित्र २२ भदौमा देशव्यापी प्रदर्शन हुँदैछ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्ट निर्माण साझेदार हुन् ।






