काठमाडौं,
श्रावण ३१ ।
असोज ५ देखि देशभरका सिनेमाघरमा आउँदै गरेको चलचित्र ‘बाँध मायाले’को शीर्ष गीत सार्वजनिक गरिएको छ । पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनित ‘बाँध मायाले’को शीर्ष गीत बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।
गीतमा अर्जुन पोखरेलको शब्द सङ्गीत तथा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । आर्यन र सृष्टि माथि फिचरिङ गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
सविर श्रेष्ठको निर्देशन रहेको चलचित्रलाई रामहरि धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । बाबु श्रेष्ठको छायाँकन रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।
‘बाँध मायाले’ आफूले बनाएका अन्य चलचित्र भन्दा भिन्न भएको निर्देशक श्रेष्ठले कार्यक्रममा बताए । अभिनेता आर्यनले चलचित्रको कथा र आफ्नो अभिनय राम्रो भएको दाबी गरे ।
अभिनेत्री सृष्टीले चलचित्रबाट आफु आशावादी रहेको सुनाइन् । चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्रप्रताप सेन, किशोर खड्का र विशाल चाम्लिङलगायतको अभिनय देख्न सकिन्छ ।






