काठमाडौं,
श्रावण ३० ।
प्रज्ञा लामाको स्वरमा ‘सानो हामो घर…’ गीत सार्वजनिक भएको छ । प्रकाश लामाको शब्द रचना तथा सङगीत, उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सरिता नेपालको प्रस्तुति, सन्तोष लामा योदीनको छायाँकन रहेको गीतको भिडियोमा रिया लामा र सन्तोष पाण्डेलाई फिचरिङ गरिएको छ ।
धर्म बज्र लामाले निर्देशन, प्रिया लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई पेमा मान सिंह तामाङले सम्पादन गरेका हुन ।






