आयरल्याण्डमा ईशान प्रसाई मेमोरिअल साँझ सम्पन्न

आयरल्याण्ड,
श्रावण ३० ।

आयरल्याण्डको डब्लिन सहरमा हालै ९७७ क्रु द्वारा आयोजित ईशान प्रसाई मेमोरिअल साँझ सम्पन्न भएको छ । सङ्गीतप्रेमी स्व. इशान प्रसाई एक होनहार युवा जो जीवनका अनगिन्ति सपना लिएर उदाएका थिए । जो एउटा आफैमा सुन्दर कोपिला फक्रन नपाउदै १८ बशन्त पुरा नगर्दै हामी माझ बाट सदाका लागि बिदा भए पनि उनको सम्झनामा सुमुधुर साङ्गीतिक कार्यक्रम गरिएको हो ।

कार्यक्रम, स्व. इशानको तस्बिरमा माल्यार्पण र दीप प्रज्वलन गरि नेपाली दुताबास उपनियोग प्रमुख श्री सरदराज आरनले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट नेपाली दुताबास उपनियोग प्रमुख श्री सरदराज आरनले स्व. इशान प्रसाईलाइ जुन सम्मान र सम्झना गर्ने महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने आयोजक ९७७ क्रु र इशान प्रसाई मेमोरिअल ट्रस्टको प्रसंशा गर्नुभएको थियो ।

त्यस्तै विशेष अतिथि कबि दुश्यन्त भट्टराईले एक मार्मिक कविता बाचन गर्नुभएको थियो । गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नवराज कोइरालाले आयोजक ९७७ को यस्ता सराहनीय कार्यको प्रशंसा गर्दै इशान प्रसाई ट्रस्टका बारेमा प्रस्ट पार्नुभएको थियो । त्यस्तै अन्तर्रास्ट्रिय समन्वय समिति सदस्य राजन काफ्लेले स्व. इशान प्रसाईको यो शोक लार्इ शक्तिमा बदल्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा आयरल्याण्डका विभिन्न कुना बाट नेपाली कलाकारहरुको उल्लेख्य सहभागिता थियो भने ट्रस्टको निमन्त्रनामा अतिथि कलाकारका रुपमा नलिना चित्रकारले मनमोहक गीतहरु मार्फत दर्शकलाई नचाउँनुभएको थियो ।

यसैगरी नर्बे देखि सुबाश मैनाली, आयरल्याण्डको विभिन्न छेत्रबाट उक्त कार्यक्रममा सहभागिता जनाउन लिम्रिक कोर्क तिपेररी कार्लो पोर्तलिज़ गल्वे वेस्टपोर्ट, नाभनलगायत स्थानबाट उल्लेख्य रुपमा सुभेच्छुकहरुको सहभागिता भएको कुरा इशान प्रसाई मेमोरिअल ट्रस्ट आयरल्याण्ड कोर्डिनेटर भिम गौतम साथै गल्वे निवासी सुभेच्छुक राजकुमार महतले बताउँनुभयो ।

कार्यक्रममा परिवारका तर्फ बाट सुभेच्छुक सहभागी, आयोजक सबैलाई ईशान प्रसाईका पिता, पर्यटन दुत तथा एन आर एन आयरल्याण्डका पुर्ब अध्यछ गणेश प्रसाई र माता गोमा देबी प्रसाईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

तीनसय भन्दा बढीको सहभागिता रहेको उक्त साङ्गीतिक कार्यक्रमलाइ करुणा थापा, श्रृष्टी पाण्डे र प्रकाश श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार