जीवनको निर्देशनमा तिमीसँग (भिडियोसहित)

काठमाडौं,
श्रावण २८ ।

पछिल्लो समयमा म्युजिक भिडियोका ब्यस्त निर्देशक जीवन शाहीको निर्देशनमा ‘तिमीसँग…’ गीतको भिडियो सार्वजनिक भएको छ । अन्जु पन्तको स्वर रहेको गीत सार्वजनिक भएको हो ।

बिपिन खालिंगको शब्द रचना, गौरब दर्पणको सङ्गीत, पवन वांग लामाको सङ्गीत संयोजन रहेको गीतमा माला लिम्बु र विपिनलाई फिचरिङ गरिएको छ । उत्सव दाहालले छायाँकन गरेको गीतको भिडियो राम्रो बनेको छ ।

‘हामी सबैको मिहिनेतले एउटा राम्रो भिडियो बनेको छ ।’ निर्देशक शाहीले भने । आफुलाई मन परेको मान्छेको पर्खाइमा रहेको र भेटे पछि छुटिन गाह्रो हुने खालको भाव भिडिओमा देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार