काठमाडौं,
श्रावण २७ ।
सुशिल कोइरालाको स्वरमा ‘बितेका कुरा’ सार्वजनिक भएको छ । दिपेन्द्र घिमिरेको शब्द र एसडी योगीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निशान काश्यपको निर्देशनमा तयार भएको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका छन् ।
सुरेन्द्र बसेलको भिडियोमा कोरियोग्राफी छ । भिडियोमा मोडलद्धय विनोद न्यौपाने र श्रृष्टी खड्काले मोडलिङ गरेका छन् ।
विनोद र श्रृष्टीको डान्स, सुशिलको स्वरले गीत र भिडियोलाई आकर्षक बनाएको छ ।
https://www.youtube.com/watch?v=nkGujoRPpeg






