काठमाडौं,
श्रावण २७ ।
चलचित्र ‘रामकहानी’को पोष्टर सार्वजनिक गरिएको छ । भदौ २२ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचित्रको पोष्टर सार्वजनिक गरिएको हो ।
चलचित्रको पोष्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ । साथमा, चलचित्रका मुख्य हाँस्य कलाकार केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सन विक्रम राइलाई पनि पोष्टरमा देख्न सकिन्छ ।
सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रले कमेडी र प्रेमको कथालाई उठान गरेको छ । मनोरञ्जनका साथै चलचित्रले सरप्राइज पनि दिने निर्देशक थापा बताउँछन् । यसअघि चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरिएको थियो ।






