उज्वलको ‘रातै छ चोली’ (भिडियोसहित)

काठमाडौं,
श्रावण २३ ।

गायक तथा संगीतकार उज्वल थेबे लिम्बूको पछिल्लो गीत ‘रातै छ चोली’को भिडियो सार्वजनिक भएको छ । गीतको शीर्षक सुन्दा तीज गीतजस्तो लागेपनि ‘रातै छ चोली’ डान्सिङ लोक फ्लेवरको गीत हो ।

नेपाली चलचित्रहरुमा समेत सङ्गीत गर्दै आएका उज्वलको सार्वजनिक भएको ‘रातै छ चोली’मा शब्द तथा सङ्गीत पनि उनैको रहेको छ ।

‘रातै छ चोली’ गीतको भिडियोलाई राजेन्द्र थेबेले निर्माण गरेका हुन् । पेमा तामाङले निर्देशन गरेको उक्त गीतको भिडियोमा मोडल विशाल सेनेहाङ लिम्बू र सुस्मिता नाछिरिङ राईलाई फिचरिङ गरिएको छ ।

यस भिडियोलाई हरी नारायणले खिचेका हुन् भने सम्पादन प्रदीप दाहाल प्रोडक्शनले गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार