जुना र प्राश्नाको ‘तीज आयो आफूलाई चैँ अर्कै व्यथा छ…’ (भिडियोसहित)

काठमाडौं,
श्रावण २३ ।

गायिकाद्वय जुना प्रसाईं तथा प्राश्ना शाक्यले तीजको पूर्व सन्ध्या पारेर आफ्नो नयाँ तीज गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘तीज आयो आफूलाई चैँ अर्कै व्यथा छ…’ शीर्षकको उक्त गीतमा शिव हमालको शब्द तथा सङगीत छ । विश्वास नेपालले उक्त गीतमा सङ्गीत संयोजन गरेका छन् ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा जुना र प्राश्नाले नै आकर्षक नृत्य गरेका छन् । भिडियोमा उनीहरुलाई अभिनेता ध्रुव न्यौपानेले अभिनयमा साथ दिएका छन् ।

मनिता गहतराजद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले उक्त भिडियो सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार