काठमाडौं,
श्रावण २३ ।
चलचित्र ‘शिरफूल’को ट्रेलर र पोष्टर सार्वजनिक गरिएको छ । नाइस मिडिया नेटवोर्क र मगर क्रिएसन प्रा.लि.को प्रस्तुति रहेको यमे चलचित्रको बुधबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो ।
२ मिनेट ३५ सेकेन्ड लामो ट्रेलर चलचित्र निर्माण कम्पनी मगर क्रिएसनको अफिसियल युट्युब च्यानल मार्फत अपलोड गरिएको छ । ट्रेलरमा काठमाडौंका युवा जमातको रहन सहनका साथमा आदिवासी जनजाति संस्कृतिको झलक पनि देख्न सकिन्छ ।
शिरफूललाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमलको यो डेब्यु निर्देशन हो । चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगरलगायतका कलाकारको अभिनय रहेको छ ।
यस अघी नै चलचित्रको दुई गीत आज किन र शिरफूल टाइटल गीत सार्वजनिक गरिसकिएको छ । चलचित्रमा समाबेश गीतमा शब्द राजु थापा, डिपी खनाल र कृष्ण केसीको रहेको छ भने सङ्गीत हरी लम्साल र देवराज आले मगरको रहेको छ ।
चलचित्रका गीतमा आवाज भने आर्जन पाण्डे, मेलिना राई, हरी लम्साल, देवराज आले मगर र तारा श्रीशको रहेको छ । चलचित्रमा कथा नायक पनि रहेका देवराज आले मगर को रहेको छ ।चलचित्रलाई निरोज श्रेष्ठले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठ गरेका हुन् ।
नेपालमा मंसिर २१ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ भने विदेशका १६ वटा देशका मुख्य मुख्य सहरमा भने चलचित्रको प्रदर्शन हुने पक्का भएको छ । शिरफूलमा आशिर्वाद पुन मगर को लगानी रहेको छ ।






