देशबारिह रहेर मोडलिङमा अघि बढदै सुनिक्षा

काठमाडौं,
श्रावण २३ ।

विदेशमा गएर पनि मोडलिङ गर्न सकिन्छ भने उदाहरण हुन सुनिक्षा मैनाली । सुनिक्षा बच्चा देखीनै स्कुले जीवनमा डान्स गर्ने गर्थिन् । पछि ठूलो भएर डान्सर हुने, मोडलिङ गर्ने उनको ईच्छा थियो तर समयसँगै परिवारले उनलाई आईटी पढाउनको लागि अमेरिका पठायो । उनी १० बर्षदेखी अमेरिकामा आईटी सम्बन्धि अध्ययन गर्दै आईरहेकी छिन् । अमेरिका गएदेखीनै विभिन्न नेपाली साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिन थालेकी उनले विस्तारै फुसर्दको समयमा मोडलिङ शुरु गरेकी हुन् ।

उनले दिलिप रायमाझी र राज भल्लब कोईरालालगायत अमेरिकामै रहेका चर्चित मोडलहरुसँग गीतमा अभिनय गरिसकेकी छिन् । विस्तारै चलचित्रको तयारी गरिरहेकी सुनिक्षा आफ्नो चाहनालाई समय अनुसार पुरा गरिरहेकी बताउँछिन् । उनले नेपाली कला, संस्कृती झल्किने खालका कार्यक्रमहरु अमेरिकामा गर्दै आईरहेको पनि बताएकी छिन् ।

राजेश पायल राईको स्वरमा रहेको चमेलीको, दीपक लिम्बुको ह्यापि बर्थ डे, मिलन अमात्यको लाखौं तस्विर, रामकृष्ण ढकालको कहाँ बाटलगायतका आधा दर्जन भन्दा गीतहरुमा उनले अभिनय गरिसकेकी छिन् ।

पछिल्लो समय उनको लाखौं तस्विर नामको गीत सार्वजनिक भएको थियो । उक्त गीतमा मिलन अमात्यको स्वर रहेका छ । यस्तै सुनिक्षाले गीतमा दिलिप रायमाझिसँग रोमान्स गरेकी हुन् ।

यस्तो छ लाखौं तस्विर गीतको भिडियो:-

यसमा तपाइको मत

अन्य समाचार