काठमाडौं,
श्रावण १९ ।
नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजका पुर्व सन्ध्यामा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै मेसोमा गायक पुष्कल शर्माको झ्याउरे भाकामा आधारित तीज कोशेली ‘हिरो’ सार्वजनिक भएको छ । पुष्कलको लय तथा शब्दमा रहेको तीज गीतमा पुस्कल शर्मा र देवी घर्ती मगरको स्वर रहेको छ ।
तीजको मौलिक परम्परालाई जर्गेना गर्नको लागी तिज बजारमा ल्याएको गायक पुस्कल शर्माले बताए । अजय रेग्मीको छायांकन, दीपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा पुष्कल, अनु शाह, यादव ‘सरापे’, मनिशलगायत लाई फिचरिङ गरिएको छ ।






