सज्जन र बिमलाले ल्याए ३३ किलो सुन (भिडियोसहित)

काठमाडौं,
श्रावण १८ ।

सज्जन बोहोरा र बिमला श्रीसको स्वरमा तीज गीत सार्वजनिक भएको छ । उनीहरुको स्वरमा ‘३३ किलो सुन…’ बजारमा आएको हो ।

अहिले नेपालमा सबैतिर चर्चामा रहेको विषय ३३ किलो सुनलाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको गीतमा प्रविण खत्रीको शब्द र सज्जन बोहोराको लय रहेको छ ।

‘किलो किलो सुन ल्याउनेको सुनकै जुत्ता होला
आफ्नो भने सुनको नाउमा छैन एकै तोला
बुझ्दैन चित्तै, पाईदैन सित्तै
३३ किलो सुन भित्रीयो नेपालमा हात मेरो रित्तै ।।’

सामाजिक तथा पारिवारिक विषयवस्तुमा व्यङ्यात्मक तरिकाले प्रस्तुत गरिएको यो गीतको म्युजिक भिडियोमा गायक एवम् गायिका स्वयमले अभिनय गरेका छन् ।

सज्जनले बोलि मात्रै सुन्छु, सानु तिम्रै भुल हो, प्याउली फूल पयालै, के काम गाइ पालेर, मालिका धुरीलगायत दर्जनौ गीत मा स्वर दिएका बोहोराले सम्झनाले सारै रोयो मन, बाच्दिन मै पनि, के काम गार्इ पालेर पञ्चेबाजा, सालैजो, रोइलालगायत धेरै गीतका भिडियोमा अभिनय तथा स्वर मार्फत आफूलाई प्रस्तुत गराएका छन् ।

हरिश महराको छायाँकन, मनोज कार्कीको सम्पादन तथा एकेन्द्र सारा शंकरले निर्देशन गरेको गीत भडियोलाई मेशना डिजिटल मार्फत बजार व्यवस्थापन गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार