चन्द्राको स्वरमा ‘भाग्यमानी छोरी’ (भिडियोसहित)

काठमाडौं,
श्रावण १८ ।

चन्द्रा मरासिनी जुनाको स्वरमा नयाँ तीज गीत ‘भाग्यमानी छोरी’ सार्वजनिक भएको छ । आफ्नै शब्द रचनामा जुनाले गीतमा आँफूलाई भाग्यमानी छोरी तथा बुहारीको रुपमा प्रस्तुत गरेकी छन् । गीतलाई गायक जिज्ञासु पौडेल तिलकले लय दिएका छन् भने कमल सौरागको एरेञ्ज रहेको छ ।

निरु खड्काले निर्देशन गरेको गीतको भिडियोमा राजु सापकोटा, निरु खड्का, गीता थापा, रुपा गौतम र दिवाकर भण्डारी र बाल कलाकार सम्राट गौतम र स्तुती गौतमको अभिनय रहेको छ ।

मौलिक शब्द तथा लोक लय प्रस्तुत गरेकाले आफ्नो गीतलाई स्रोता/दर्शकलेले माया गरिदिनेमा आफू विश्वस्त रहेको गायीका जुनाले बताइन ।

यसमा तपाइको मत

अन्य समाचार