काठमाडौं,
श्रावण १७ ।
सम्राट क्रिएशनद्वारा राजेशपायल राई र मलिना राईको स्वरमा रहेको पूर्वेली भाकामा आधारित ‘हास बोल मुखै खोल…’ बोलको गीत सार्वजनिक भएको छ । सुमन दाहालको निर्देशनमा मोहन दाहालको शब्द र सन्तोष श्रेष्ठ को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
ईश्वर सिकेमनले छायांकन गरेको गीतको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन् । गीतको भिडियोमा दिपासा बीसी, महेन्द्र निरौला, नेत्रप्रसाद दाहाल, सिर्जना मरासिनीलगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।






