गीताको ‘तिम्रो नियतमै खोट’ (भिडियोसहित)

काठमाडौं,
श्रावण १४ ।

गायिका गीता बस्नेत (निसु) ‘सुरूवात’को आधुनिक गीत ‘तिम्रो नियतमै खोट…’ सार्वजनिक भएको छ । नवीन चापागाईंको शब्द, तारावीर पाण्डेको सङ्गीत, योगेश कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ज्ञानेन्द्र कोइरालाको निर्देशनमा तयार भएको गीतको भिडियोमा मधु न्यौपाने, कृतिका दाहाल र मिलीलाई फिचरिङ गरिएको छ । तिलक रिजालको छायाँकन, शिशिर बुढाथोकीको सम्पादन रहेको भिडियोको ड्रोन अपरेटर लोकेश अधिकारी हुन् ।

https://www.youtube.com/watch?v=-5EkKef4EQk

यसमा तपाइको मत

अन्य समाचार