काठमाडौं,
श्रावण १२ ।
रङ्गीन दुनियाँमा रमाउन नचाहने को होला । नाम र पहिचान एक साथ कमाउन सकिने कलाकारीताको क्षेत्रमा सफल हुनु, नहुनु त्यो बेग्लै पक्ष हो । छोटै समयमा आफुलाई ग्ल्यामर क्षेत्रमा स्थापित गराउन लागि परेकी नायिका मनिषा श्रेष्ठको सानै देखिको चाहना हो अभिनय र मोडलिङ्ग ।
आफ्नो चाहना पुरा गर्न कलाकारीताको क्षेत्रमा होमिएकी मनिषाले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । गतहप्ता सार्वजनिक भएको सुनिल गिरीको स्वर रहेको ‘बाजेले भन्थे….’ बोलको भिडियोमा उनले गरेको कामको यतिबेला चर्चा भइरहेको छ ।
चलचित्र ‘शत्रु गते’ र हाँस्य टेलि चलचित्र ‘ब्रेकफेल’ मा पनि मनिषाको अभिनय देख्न सकिन्छ । यो क्षेत्रमा प्रतिस्पर्धा नहुने कुरै भएन जे भएपनि आफू हिक्मतका साथ संघर्ष गरिरहेको उनले सुनाईन । मनिषाले आगामी दिनमा अभिनय र मोडलिङ्ग दुबैलाई साथसाथ अघि बढाउने सोच लिएकी छन् ।
‘मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ, जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढिरहेकी छु ।’ मनिषा भन्छिन






