यस्तो आयो चलचित्र ‘झमकबहादुर’को ‘मृग नयनी तिम्रो आखाँमा’

काठमाडौं,
श्रावण ११ ।

यही श्रावण १८ गते देखी देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘मृग नयनी तिम्रो आखाँमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा नायक मिनकुमार तामाङ र नायिका सुजाता थापालाई फिचरिङ गरिएको छ ।

मेलिना राई र ओम सुनारको स्वर रहेको रहेको गीतलाई तीर्थ दामली टुप्पीले लेखेका हुन् । जीवन थापाको नृत्य निर्देशन रहेको यस गीतलाई चितवन, पोखरा र काठमाडौंलगाएतको ठाँउमा छायाँकन गरिएको छ ।

चलचित्रमा अनुप बिक्रम शाही, यादब देवकोटा, राजु कमेडी, मिन कुमार तामाङ, सुजाता थापा, कल्याण अधिकारी, राजन मर्हजनको मुख्य भूमिका रहेको छ । पवन गौतमको छायाँकन, अनिल मर्हजनको सम्पादन, राजु किराँत राई को द्बन्द्ब रहेको यो चलचित्रलाई मिन कुमार तामाङले निर्माण गरेका हुन् ।

सह निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । चलचित्रलाई भोमन कटुवालले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=hLCQFQQqpfk&feature=youtu.be

यसमा तपाइको मत

अन्य समाचार