काठमाडौं,
श्रावण ११ ।
१७ बर्ष अघि रेकर्ड् भएको गीत ‘जिन्दगीले जता लान्छ…’को भिडियो सार्वजनिक भएको छ । गायनको शिखर ब्यक्तित्व प्रेमध्वजको स्वर, विजय शिवाकोटीको शब्द, राजु सिंहको सङ्गीत तथा अमुल कार्कीढोलीको सङ्गीत सम्योजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
‘जीवन दर्शनसँग सम्बन्धित शब्द रहेको मेरो पे्रमध्वज प्रधानसँग तीन वट रेकर्डेड गीत मध्ये यो मेरो पहिलो गीत भए पनि अहिले आएर मात्र यो गीत सार्वजनीक भएको हो’, विजय सिवाकोटीले भने । राज श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोलाई ह्यारी महर्जनले छायाँकन तथा सम्पादन गरेका हुन् ।






