काठमाडौं,
श्रावण १० ।
अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री केकी अधिकारी अनस्क्रिन रोमान्स रहेको ‘चमेली’ गीतको भिडियो सार्वजनिक भएको छ । केकी र दीलिपलाई यस्तो अवसर जुराइदिएका हुन् गीतकार नारायण भारतीले ।
अमेरिकामा बसोबास गरिरहेका गीतकार भारतीले रचना गरेको ‘चमेली…’ शीर्षकको गीतको म्युजिक भिडियोमा केकी र दिलिपको जोडीलाई आकर्षक देखाउने काम गरेका छन् निर्देशक विशाल भण्डारीले ।
गायक नरेश गौतमले यो कणप्रिय गीत गाएका हुन् । उक्त गीतलाई एनके ब्रदर्सले सङ्गीतबद्ध गरेका हुन् । उदयराज पौडेलले गीतमा सङ्गीत संयोजन गरेका छन् ।
छायांकार अर्जुन तिवारी तथा उनको टिमले म्युजिक भिडियोका लागि रमणीय लोकेशनहरु कैद गरेका छन् । निशान घिमिरेले भिडियो सम्पादनमा उत्तिकै मेहनत गरेका छन् । भिडियोलाई गीतकार नारायण भारती तथा ईशा शर्मा भारतीले निर्माण गरेका हुन् ।






