काठमाडौं,
श्रावण ६ ।
प्लेब्याक गायक/सङ्गीतकार चिरन्जिबी भण्डारीको ‘तिम्रो मायाँले मार्यो…’ सार्वजनिक भएको छ । एल्वम ‘एक्सट्रा’मा रहेको गीत ‘तिम्रो मायाँले मार्यो…’ गीतको भिडियो सार्वजनिक भएको हो ।
बिबी थापाको शब्द रहेको उक्त गीतमा किशोर खतिवडाको सङ्गीत रहेको छ भने आगा लामाको एरेन्ज छ । भुवन स्याङ्बोले निर्देशन गरेको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन र माधव बेल्वासेले सम्पादन गरेका हुन् । भिडियोमा नारायण र सुर्यसीको अभिनय रहेको छ । उक्त भिडियोलाई राज कुमार महर्जनले निर्माण गरेका हुन् ।






