काठमाडौं,
श्रावण ५ ।
अभिनेत्री गौरी मल्लले ‘चेली मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टर’को उद्घाटन गरेकी छन् । उनले मेकअप आर्टिस्ट बिना रानामगरले काठमाडौंको कालीमाटी चौकमा सञ्चालनमा ल्याएको ‘चेली मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टर’को शुक्रबार उद्घाटन गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा आहिलेको अबस्थामा घरमा मेकअप गर्न फुर्सद नहुनेलाई निकै सुविधासम्पन्न स्टुडियो खेलेर बिनाले राम्रो काम गरेको गौरीले बताईन् । ‘म अब बिनाकोमा फेसियल, मेनिक्योर, पेडीक्योरलगायतको सेवा लिन आउँछु’ गौरीले भनिन् ।
बिनले गौरीलाई आमा मान्दै आएकी थिइन । आफूले आमा मानेकी गौरी मल्ललाई भेटेर उहाँको हातबाट २० वर्षपछि मेकअप स्टुडियो उद्घाटन गराउन पाउँदा खुसी लागेको बिनाले बताईन् ।
आफ्ना स्टुडियोमा सबै प्रकारको मेकअप, नेल आर्ट, मेहन्दी आर्ट, फेसियल, व्युटी सम्बन्धि सम्पूर्ण सेवासँगै प्रशिक्षणको पनि सुविधा रहेको बिनाले जानकारी गराईन् ।






