‘शुभ लभ’को घोषणा

काठमाडौं,
श्रावण ५ ।

चलचित्र ‘शुभ लभ’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी चलचित्र संघका अध्यक्ष तथा निर्माता प्रदीप कुमार उदयको चलचित्रको ‘शुभ लभ’को घोषणा गरिएको हो ।

यो चलचित्रबाट युवा ज्योतिष तथा लेखक हरिहर अधिकारी डेव्यु गर्दै छन् । यो चलचित्रमा हरिहरले मिस टिन २०१७ कृष्टिना पौडेलसँग स्क्रिन सेयर गर्नेछन् ।

सन्तोष बाबु लोहनीको निर्देशन रहने चलचित्रमा हरिहर र कृष्टिनीसँगै प्रदीप बास्तोला, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झाको मुख्य भूमिका रहेनछ भने डा. सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहने छ ।

भदौ १५ गतेदेखि छायाँकन सुरु हुने भनिएको ‘शुभ लभ’ १५ चैतमा प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ । अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको चलचित्रको कथा हरिहरकै हो ।

चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अर्जुन पोखरेलेको सङ्गीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । बुद्ध ईन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा ‘शुभ लभ’ प्रदीप कुमार उदयको प्रस्तुति र धर्मराज शर्मा सुवेदीको निर्माण रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार