स्वस्तिकाले चुमिन मिस टिन युनिभर्सलको उपाधि

काठमाडौं,
श्रावण १ ।

स्वस्तिका कार्कीले मिस टिन युनिभर्सल २०१८को उपाधि चुमेकी छन् । उनले प्रतियोगितामा मिस क्याटवाक र मष्टगर्जियस उपाधिका साथमा शिर्ष बिजेताको उपाधि चुम्न सफल भएकी हुन । कार्कीले उपाधि सहित बिभिन्न अवसर र गिफ्ट पुरस्कार प्राप्त गरेकी छन् ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा अप्सना दाहालले फष्टरनर अफ र स्प्रिना लामा सेकेन्ड रनरअपको उपाधि चुमेका छन् । दाहालले बेष्ट डान्स र मस्ट फ्रेन्डी उपाधि हातपर्दा लामा मिस ट्यालेन्ट र बेष्ट स्पिच बिजेता बनेकी छन् । कार्यक्रममा मोनालिसा थापा मगरले मष्ट पपुलर, मष्ट फिटनेश र फेसबुक च्वाइस गरेर तीन उपाधि हात पारिन् ।

ग्ल्याम वल्र्ड इन्टरटेन्टमेन्ट प्रा.लि.का लागि आशिष मिश्र आयोजक रहेको प्रतियोगितामा करिब आधा दर्जन उपबिजेता छानिएका थिए । जसमा नमुना दाहाल सोसियल रेस्पोनसिवल, प्रन्जल अर्याल भियुर च्वाइस र बेष्ट पर्सनालिटी, बर्षा श्रेष्ट बेष्ट स्माइल र बेष्ट हेयर, निलिमा पोखरेल बेष्ट स्क्रिन, अनिसा मोक्तान बेष्ट डिसिप्लेन, एमा लिम्बु फेसन आइकन भएका छन् ।
अश्विनी कान्त झा कोरियोग्राफर र आकाश गिरी कार्यक्रम संयोजक रहेको प्रतियोगितामा गायक सिताराम पोखरेल, डा. राज्यश्री श्रेष्ठ, मिसेस नेपाल ग्ल्याम बिजेता अलाइजा महर्जन, अभिनेत्री रेजिना उप्रेती, डा. सुमित्रा अर्याल, निर्देशक राजु केसीलगायत निर्णायक रहेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार