काठमाडौं,
आषाढ ३२ ।
सरोज ओली र स्मिता दाहालको स्वरमा रहेको गीत पानी कुवाको सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको छ । भिडियोमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् ।
आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोजलगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन् । साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ । भिडियोम उनको छोटो भुमिका छ ।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन् । उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका हुन् ।






