काठमाडौं,
आषाढ ३२ ।
सीतल आचार्य र रिता बुढाथोकी संयुक्त प्रस्तुति रहेको तीज गीत ‘घिनघिन मादल घन्काउदै….’ सार्वजनिक भएको छ ।
सुमधुर स्वरकी गायिका रिता बुढाथोकीको साथमा पहिलो पटक कलाकार तथा मोडेल सीतल आचार्यले पनि स्वर दिएकी छिन, यो तीज गीत सीतल आचार्यको पहिलो गीत हो ।
आर सी कोइरालाको शब्द, बी बी अनुरागीको सङ्गीत रहेको गीतमा साउन्ड मिक्सिङ श्यामस्वेत रसाइलीको रहेको छ ।
मौसम हिमालीको निर्देशानमा गायिका सीतल आचार्यको नृत्य रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन भने सम्पादन नवीन घर्ति मगरको रहेको छ ।






