‘हुक्का रे’को उत्कृष्ट डान्सिङ कभर भिडियो बनाउनेलाई पुरस्कार

काठमाडौं,
आषाढ २७ ।

गायक शेखर बगडियाको आवाजमा रहेको ‘हुक्का रे’ गीतको भिडियो सार्वजनिक भएसगैँ यसको कभर भिडियो बनाएर पठाउने उत्कृष्ट एक जनालाई नगद पचास हजार पुरस्कार प्रदान गरिने भएको छ ।

गीतमा भिडियो बनाएर मोबाइल अथवा कुनै पनि माध्यमबाट भिडियो खिचेर गायक शेखर बगडियाको इमेल ठेगाना (thesarkaar018@gmail.com) मा पठाउनु पर्नेछ ।

भिडियो खिचेर ३१ जुलाई सम्ममा पठाउनुपर्ने छ । अन्यथा कुनै च्यानलबाट भिडियो राख्न पाईने छैन । लागुपर्दाथ दुब्यर्सन विरुद्धमा रहेर गीतलाई निमार्ण गरिएको गायक शेखरले बताए ।

गायक शेखर बगडियाको शब्द तथा सोहन मान्धरको सङ्गीत र विजेश्वर तन्डुकारले गीतलाई ऐरेन्ज गरेका छन । सुब्रतराज आचार्यको निर्देशन रहेको गीतको भिडियोमा सुनिल क्षेत्री , निशा जोशी, सुस्मा अधिकारी, सौरभ अधिकारी, नेपाली ठिटोलगायतको फिचरिङ छ । भिडियोलाई अर्जुन तिवारी र साथीहरुको छायाँकन र भरत रेग्मीको सम्पादन गरेका छन् ।

यस्तो छ भिडियो:-

यसमा तपाइको मत

अन्य समाचार