काठमाडौं,
आषाढ २६ ।
मिसेस नेपाल आइकन-२०१८ हुने भएको छ । विभिन्न उमेर र वर्ग समूहका लागि सौन्दर्य तथा प्रतिाभा प्रदर्शनी मुलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले हरेक वर्षझैँ यस वर्ष पनि विबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल आइकन-२०१८ आयोजना गर्ने भएको हो ।
मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादर कार्कीका अनुसार विबाहित महिलाहरुको आत्मविश्वास तथा व्यक्तित्व विकास एवम् महिला शसक्तिकरणका लागि मिसेस नेपाल आईकन २०१८ आयोजना गर्न लागिएको हो ।
कार्कीका अनुसार प्रतियोगितामा मिसेस नेपाल आइकन–२०१८ को उपाधि चुम्ने प्रतियोगिलाई पुरस्कारस्वरुप स्कुटर प्रदान गरिनेछ ।
आगामी साउन १२ गते शनिबार राजधानीमो जमलस्थित राष्ट्रिय नाचघरमा हुने मिसेस नेपाल आइकन–२०१८ को अन्तिम स्पर्धामा विभिन्न पेशामा रहेका महिलाका साथमा गृहीणीहरु प्रज्ञा ढुंगेल, अनिता राना आले, सुष्मा पाठक, जानकी बस्नेत, सिमा र्भुतेल, अमरावती बलामी महर्जन, लक्ष्मी लुईटेल, मेनुका बोगटी, दया शर्मा, राधिका थपलिया, बिना अधिकारी श्रेष्ठ, सानु तामाङ, अनिता चौधरी, उमा श्रेष्ठ, प्रिया कार्की, सरीता सिग्देल, अनामिका रञ्जीतकार, रुपाली पौडेल, चन्दा श्रेष्ठ, सरु अर्याल, अम्बीका थापा, आशा थापा श्रेष्ठ र कमला चुदाराले स्पर्धा गर्दैछन् ।
कार्यक्रम संयोजक शम्भुप्रसाद रेग्मीका अनुसार अन्तिम स्पर्धाका सहभागीहरुलाई विभिन्न क्षेत्रका विज्ञहरुद्वारा प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, स्टेज प्रस्तुतिलगायतका विषयमा प्रशिक्षण प्रदान गरिईरहेको छ ।






