दर्शकको रोजाइमा ‘ए सोल्टिनी’

काठमाडौं,
आषाढ २० ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘ए सोल्टिनी’ले दर्शकको साथ पाएको छ । कमेडी प्रेमकथानक चलचित्र ‘ए सोल्टिनी’ले दर्शकको मन जितीरहेको निर्माण पक्षले जनाएको हो । चलचित्रलाई निमा तामाङ लामाले निर्देशन गरेका हुन् ।

दिलकुमार घलान तामाङले निर्माण गरेको यो चलचित्र राजधानी र मोफसलका अधिकांश हलमा दर्शकको मन जितिरहेको निर्माता दिलकुमारले जनाएका छन् । ‘हाम्रो चलचित्रलाई दर्शकले निकै मन पराइदिनु भएको छ,’ उनी भन्छन्, ‘हामीहरु हल हलमा पुग्यौ, सबैले कत्ति राम्रो चलचित्र बनाएको भनेर तारिफ गरेका छन् । जसले गर्दा हामीलाई हौसला मिलेको छ ।’
कमेडी प्रेमकथामा निर्माण भएको ए सोल्टिनी निर्देशक निमाको पहिलो नेपाली चलचित्र हो ।

पहिलो चलचित्रमै दर्शकबाट पाएको साथले आफू निकै खुशी भएको उनी बताउँछन् । भन्छन्, ‘वल्र्ड कप फुटवm बर्षा झरीका बाबजुत पनि हाम्रो चलत्रिच हेर्न हलमा दर्शकको ओइरो छ । हामी निकै खुशी छौ ।’

चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले ,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय रहेको छ ।

जिम्बा फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता पूर्णि तामाङ छिन् । ए सोल्टिनीको सफलताका कारण अब आफूहरु नयाँ चलचित्र बनाउने योजनामा पुगेको निर्माता दिलकुमार बताउँछन् ।

यसमा तपाइको मत

अन्य समाचार