काठमाडौं,
आषाढ १९ ।
यही असार २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरको चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत सार्वजनिक गरिएको छ । केहि समय अघि चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शक रुचाइरहेका बेला चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको हो ।
चलचित्रको सार्वजनिक गीतमा चर्चित गायक तथा सङ्गीतकार शम्भुजित बास्कोटाले लामो समय पछि चलचित्र ‘बाबु कान्छा’मा गीत गएका हुन् ।गायक तथा सङ्गीतकार टंक बुढाथोकीको शब्द तथा सङ्गीत रहेको यस गीतलाई दर्शक तथा स्रोताले मन पराउने सङ्गीतकार टंक बुढाथोकीले बताए ।
शम्भुजित बास्कोटाले आफूले सङ्गीत दिएको गीतमा स्वर दिनु आफ्नो लागि ठुलो अवसर भएको भन्दै टंकले खाली आफ्नो गीतमा आफैँले मात्रै गाउना खोज भन्नेको लागि यो गीत गतिलो जबाफ भएको बताए ।
शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’को यस अघि सार्वजनिक चलचित्र ‘कर्णविर’ समावेश ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा स्रोताले मन पराएका छन् ।
‘बाबु कान्छा’मा सलोन सगै नीर शाह, सरोज खनाल, करिष्मा श्रेष्ठ, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेललगायतको अभिनय रहेको छ । यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन् ।
सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।
चलचित्रमा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी सङ्गीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् । सलोनको बढ्दो क्रेजले यस चलचित्रलाई ठूलो फाइदा पुग्ने चलचित्रका पण्डितहरुको आँकलन छ । पछिल्लो रिलिज चलचित्र ‘ए मेरो हजुर २’ पछि उनको लोकप्रियता थप चुलिएको छ ।






