काठमाडौं,
आषाढ १९ ।
यशकुमारको पछिल्लो निर्देशन रहेको चलचित्र ‘छिरिङ ’को गीत सार्वजनिक भएको छ । २५ वर्ष पुरानो गीत बोल बोल पाखाहरु लाई रिमेक गरिएको गीत सार्वजनिक भएको हो । रिमेक गीतमा सुनिता थेम्मी र विन्दु परियारको आवाज रहेको छ । आगमी असोज १२ गतेलाई आफ्नो प्रर्दशन मिति तोकेको चलचित्र ‘छिरिङ’को पहिलो गीत सार्वजनिक भएको हो ।
सार्वजनिक गरिएको गीत पुरानो चलचित्र ‘झुमा’ मा समावेश अम्बर गुरुङ, प्रकाश गुरुङको सङ्गीत, दिनेश अधिकारीको शब्द एवम् गायिका सुक्मित गुरुङले गाएको गीत हो ।
अहिले रिमेक गरिएको गीतमा अपर मुस्ताङको मनोरम दृश्य समेटिएको छ भने बौद्ध धर्मावलम्बिहरुको संस्कार संस्कृती झल्कने शैलीको भिडियो निर्माण भएको देखिन्छ ।
गीतमा नवनायिका कामना भुजेललाई फिचर गरिएको छ । सवीर श्रेष्ठ, यम थापा र यशकुमारको स्क्रिनप्ले रहेको छिरिङमा नायक यशकुमार, कामना भुजेलका साथमा गायक तथा कलाकार निमा रुम्बाको पनि अभिनय रहेको छ ।
बाटोमुनीको फूल जस्ता सफल चलचित्र निर्माण गरेका यशकुमारले चलचित्र ‘छिरिङ’बाट निकै आशा रहेको बताए ।






