कृष्णा र राजनसँग झुमे बेल्जियमका नेपाली

बेल्जियम,
आषाढ १८ ।

म्याग्देली प्रवासी सघ (मोना) बेल्जियमले बेल्जियमको आन्तोर्पेनमा आयोजना गरेको सास्कृतिक कार्यक्रममा लोकप्रिय गायिका कृष्णा परियार अनि गायक राजन भुजेलले बेल्जियमवासीलाई नचाए ।

गायिका कृष्णाले उनका चर्चित गीत रुमाल धोको छु , पन्चेबाजा मयाली , के नै छ र मरेर लैजानी, खस्यो बलेनीलगायत गीतबाट मनोरञ्जन दिएकी थिईन भने गायक राजनले च्वाक केटी चाइयो, पन्चेबाजा, सालैजोले मनोरञ्जन दिलाएका थिए ।

जुलाई ८ मा मोना नेदरल्याण्डको कार्यक्रममा सबैलाई निम्तो दिदै कृष्णा र राजनले युरोप साङ्गीतिक यात्रा १ महिनाको भएको बताए ।

बेल्जियमका लागी नेपाली राजदुत लोकबहादुर थापा प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा बिशेष अतिथी मोना नेदरल्याण्डका अध्यक्ष जङ्ग पुन तथा संस्थाका अध्यक्ष योगेन्द्र बिश्वकर्मा र सुमन थापा प्रदीपलगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा कृष्णा र राजन लाई सम्मान पनि गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार