काठमाडौं,
आषाढ १७ ।
हिन्दू नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर गीत सङ्गीत सार्वजनिक हुने क्रममा छन् । यसै क्रममा देवी म्युजिक प्रा.लि.को प्रस्तुतिमा तुलसा थापा र सिता थापाको मौलिक गीत ‘बेहुली बनाउछु’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा भगिरथ चलाउने र गायिकाहरु तुलसा थापा अनि सिता थापाकोे आवाज रहेको छ । महेन्द्र विश्वकर्माको शब्द तथा सागर लामाको मौलिक लय सिर्जना रहेको छ ।
दुर्गा पौडेलको छायाँकन, दीपक विष्टको सम्पादनमा गीतको भिडियो रहेको छ । भिडियोमा सागर थापा र कशिषा थापाले अभिनय गरेका छन् भने भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन ।
https://www.youtube.com/watch?time_continue=1&v=Q6OavPHUtvs






