काठमाडौं,
आषाढ १५ ।
आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘ए…सोल्टिनी’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शन अन्तर्गत ‘ए…सोल्टिनी’ देशभरका सिनेमाघरमा एक्लै प्रदर्शनमा आएको हो ।
निमा तामाङ लामाको निर्देशनमा दिलकुमार घलान तामाङले निर्माण गरेको कमेडी कथानक यो चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।
जिम्बा फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई बिश्वास भण्डारीले छायाँकन गरेका हुन् । ‘चलचित्र निकै रमाइलो बनेकाले दर्शकले मन पराउने बिश्वास लिएको छु’, निर्माता दिलकुमारले भने ।
यसअघि थुप्रै तामाङ चलचित्र निर्देशन गरेका निमा ए सोल्टिनीले आफूलाई नेपाली चलचित्र निर्देशनमा पनि स्थापीत गराउने आशमा छन् । चलचित्रमा समाबेश ‘झुमताना झुमतान…’ बोलको गीत चर्चामा छ । पूर्णी तामाङको प्रस्तुति रहेको चलचित्रलाई आरआर फिल्मस्ले बितरण गरेको छ ।






