काठमाडौं
आषाढ १५ ।
गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको गीत ‘अलि अलि गर्दै’ सार्वजनिक भएको छ । टीकाकै शब्द, सङगीत रिकेश गुरुङको सङ्गीत–संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
संजिब र टीकाको ‘सँग सँगै…’ एल्बममा समावेश यो गीत तेस्रो रहेको छ । यसै एल्बमका गीतहरु ‘तिमी मलाई मन पर्छ ‘एउटा कुरा भनुँ…’ र ‘नाइँ मलाई थाहा छैन…’ पहिले नै सार्वजनिक भई सकेका छन् ।
गायिका प्रसाइँको ‘माया लुकि लुकि’ केहि हफ्ता अघि सार्वजनिक भई हाल चर्चामा छ । गायक तथा गायिकाको केहि महिना अघि सार्वजनिक भएको गीत ‘पहिलो भेटैमा…’ले पनि राम्रै चर्चा बटुल्न सफल भएको छ ।
‘अलि अलि गर्दै…’ गीतको भिडीयोमा राजु कान र अलिशा कटवालको अनस्क्रिन रोमान्स हेर्न सकिन्छ । भिडीयोलाई राजु कानले निर्देशन गरेका हुन् भने दृश्य सम्पादन र कलरिंग प्रविन श्रेष्ठले गरेका छन् ।
ब्ल्याक आइ क्रिएशनको प्रोडक्सनमा तयार गरिएको भिडियोमा कृष्ण सुवेदी, सुदिप बिष्ट र नेत्र गुरुङको छायाँकन रहेको छ । गीतमा अष्ट्रेलियाको ब्रिसबेन र नेपालको पोखराको दृश्यहरु देख्न सकिन्छ ।






