‘मिष्टर नेपाल २०१८’को छनोट चरणको अडिसन पोखरमा

पोखरा,
आषाढ १२ ।

‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने एक युवा छान्ने उद्देश्यका साथ आयोजना हँुदै आएको सौन्दर्य प्रतियोगीता ‘मिष्टर नेपाल २०१८’को छनोट चरणको अडिसन पोखरबाट हुने भएको छ ।

पोखराको न्युरोड स्थित डिलाइट रेस्ट्रो एण्ड क्याफेमा मङ्गलबार आयोजित एक कार्यक्रममा पोखर अडिसनको बिभिन्न पक्षबारे जानकारी दिइएको हो । पोखराका युवालाई मिष्टर वल्र्डमा जाने अवसरको बाटो खुल्ला गर्न मिष्टर नेपालको अडिसन पोखरमा गर्न लागेको आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् । ‘पोखरका युवाहरुका लागि यो महत्वपुर्ण र विषेश अवसर पनि हो’, उनले भनिन् ‘यो अवसरबाट आफ्नो सुनौलो भबिष्य कोर्न सकिन्छ ।’

केही पूर्व मिष्टर नेपालको समेत सहभागीता रहेको कार्यक्रममा स्थल पोखरमा अडिसन २७ अषाढमा बिहान १० बजेदेखी साँझसम्म ‘डिलाइट रेस्ट्रो एण्ड क्याफे’ हुने आयोजकले जानकारी दियो ।

‘मिष्टर नेपाल’ नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित पुरुषहरुको सौन्दर्य प्रतियोगीता पनि हो । एक्सपोज नेपालले सन् २००१ बाट नियमित रुपमा आयोजना गर्दै आएको प्रतियोगिता युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास आन्तरिक र बाह्य क्षमता वृद्धि गर्ने उद्देश्यले नियमित रुपमा आयोजना हुँदै आएको छ ।

यो प्रतियोगिताबाट रोहित थेवे, जिवन लुइँटेल, गौतम सुवेदी, उज्वल कार्की, सुमेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गौली सुरज चिलवाल, सन्दिप पोखरेल, गणेश अग्रवाल, अक्षय रायमाझीलगायतका बिजेता भइसकेका छन् ।

पोखरा अडिसनका लागि मङ्गलबारबाटै आवेदन दिन सक्ने आयोजकले जनाएको छ । पोखराको अलवा प्रतियोगिताको पहिलो चरणको अडिसन काठमाडौं, पोखरा, चितवन, वुटवल, धनगढी, इटहरीलगायत देशका प्रमुख शहरमा पनि हुनेछ । पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगिले मात्र अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् ।

देशैभरि छरिएर रहेका यृ्वाहरुलाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, , पब्लिक स्पिकिङ लगायतका बिषयमा दक्ष प्रशिक्षक सहित अन्तिम प्रतिस्पर्धामा उतारिने छ ।

यो बर्षबाट मिस्टर नेपालमा ४ विजेता छानिने छन् । जस अन्तरर्गत मिस्टर नेपालको विजेता मिस्टर वल्र्डमा प्रतिनिधित्व गर्ने छ । यसैगरी फष्ट रनर अपले मिस्टर यूनिभर्सल एम्वेस्टर, सेकेन्ड रनरअफले म्यान अफ द इयर र थर्ड रनरअपले मिस्टर नेश्नल यूनिर्भसमा प्रतिनिधित्व गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार