काठमाडौं
आषाढ १२ ।
अभिनेता अनमोल केसी एक ब्राण्डको एम्वेस्डर बनेका छन् । उनी ‘क्याप्स’ ब्राण्डको लुगाको एम्वेस्डर बनेका हुन् । १ बर्षको कन्ट्रयाकमा अनमोल नेपालको लागी ुक्याप्सुको एम्वेस्डर बनेका हुन् । स्रोतका अनुसार अनमोलले १५ लाख बढि पारिश्रमिक लिएका छन् ।
‘क्याप्टेन’ चलचित्रको सुटिङमै पुगेर शनिबार मात्रै ‘क्याप्स’ ब्राण्डको तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । गौतमले पछिल्लो क्रमको अग्र पङ्गतिको अभिनेता भन्दै अनमोललाई आफ्नो ब्राण्ड प्रवर्धकको रुपमा अनुबन्धन गराएको बताए । आकर्षक लुक्सका धनी अनि सर्वाधिक फ्यान फलोइङ भएका स्टार भएकै कारण आफ्नो ब्राण्डप्रति ग्राहक आकर्षणको लागी अनमोल पहिलो रोजाइ बनेको गौतमको भनाइ छ ।
पछिल्लो पटक बजारमा आएको छोटो समयमा नै लोकप्रिय बनिसकेको नेपाली ब्राण्ड ‘क्याप्स’ले काठमाडौं सहितनेपालगञ्ज, पोखरा, बुटवल, धरान, बिराटनगर, इटहरी, जनकपुरलगायत देशका ५० बढि स्टोरहरुमा आफूलार्इ उपलब्ध गराइसकेको बजार प्रवन्धक दीपक नेपालीले बताए ।






