सुमित्राको कला मोह

काठमाडौं,
आषाढ ९ ।

अध्यायनसँगै कलाकारिताको क्षेत्रमा केही गरेर देखाउने मनसाय बोकेर नुवाकोटबाट राजधानी भित्रिएकी हुन् मोडल, नायिका सुमित्रा ढकाल ।लोक गीतको भिडियो हुदै आधु

निक गीतमा अभिनय गर्दै आफ्नो यात्रालाई निरन्तरता दिरहेकी सुमित्रा ढकाल आकाश राईले निर्देशन गरेको म यस्तो

गीत गाउछु चलचित्रको ‘भन्छु आज मनका कुरा सुन्छेउ भने तिमी……’ कभर भिडियोमा अभिनय गरेपश्चात उनको माग र ब्यस्तता झन बढ्न थालेको हो

एउटा कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण उनमा देखिएता पनि सही सदुपयोग हुन सकिरहेको छैन । उनले केही समय पहिला मात्रै चलचित्र‘एकलव्य’मा पनि उनले काम गरेकी छन् । ‘एकलव्य’ हाल डबिङमा रहेको छ ।

जे होस् कला क्षेत्रमा उनलाई आशा लाग्दो प्रतिभाको रुपमा लिन सकिन्छ । उनको पटकथा, सम्वाद रहेको चलचित्र ‘शितको थोपा’ प्रदर्शनको पर्खाईमा रहेको छ ।

‘म यही क्षेत्रमा निरन्तर लाग्ने भनेर नै आएकी हुँ हेरौ आगामी दिन कस्ता हुन्छन्’, उनले भनिन् । उनको कला मोहले उनलाई कहाँसम्म पुर्याउने हो त्यो आगामी दिनले तय गर्ने छ । अहिले भने उनले यसै क्षेत्रमा आफूलाई पूर्ण रुपमा लगाउने

सङ्कल्प गरेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार